७ कार्तिक २०८३, शनिबार | October 24, 2026

तिलोत्तमामा सुनवलका १८ वर्षीय सुमन कंवरको हत्या, हत्या गर्ने अभियुक्तलाई पक्राउ गरी सार्वजनिक



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । तिलोत्तमा-१६ पूर्व बहियाका स्थानीय २२ वर्षीय ज्ञान बहादुर कंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मंगलबार हत्या गरेको प्रहरीले जनाएको छ ।

नवलपरासी बर्दघाट (सुस्ता-पश्चिम) सुनवल नगरपालिका-७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ करिब ७ बजेको समयमा उनीहरु बीच आपसी विवाद भएपछि अभियुक्त कंवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्यापछि उनी फरार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर बि।क।ले बताए । अभियुक्तलाई बिहिबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।

जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ४८ बजे

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा