२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

डिउटीमा ढलेर बेहोस भएका प्रहरीको उपचारका क्रममा मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरीको मृत्यु भएको छ ।

डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गण बङ्कमा कार्यरत उनी राति १२ बजे पछि डिउटीमा खटिएका थिए । ‘५ नम्बर पोस्टमा डिउटीमा खटिएका ऐर एक्कासि ढलेर बेहोस भए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

ढलेर बेहोस भएका ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको आज बिहान ५ः५० बजे मृत्यु भएको क्षेत्रीले बताए ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ११ : १३ बजे

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक

नगरपालिकाले रोपेका बिरुवा काट्ने भुसाल पक्राउ, अभद्र व्यवहारमा मुद्दा

कोहलपुर । कोहलपुर नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने एकजना

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठी माताको पूजा आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित

बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न उपाध्यक्ष डा लामाको आग्रह

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बौद्धमार्गी