६ पुस २०८२, आइतबार | December 21, 2025

देशभर थपिए १ हजार ४१ नयाँ संक्रमित, १५ सय ६६ घर फर्किए



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा ३४९ महिला र ६९२ पुरुष सहित १ हजार ४१ जना थपिएको जानकारी दिइएको हो ।

यससँगै देशभर संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

शनिबार १२ हजार ४७३ नमुना पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७ लाख ५७ हजार ९६३ पीसीआर परीक्षण भैसकेको छ ।

काठमाडौं उपत्यकामा ४०८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना रहेका छन् ।

होम आइसोलेसनमा ८ हजार ४ जना रहेका छन् ।

देशभर १५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म २७ हजार १२७ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ४ : २३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा