२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील



ललितपुर । नेपाल भाषा मंका खललगायत जातीय खलः पुचःले रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील गरेका छन् ।

१९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य निकालेर कोरोनाको जोखिम भएकाले यस वर्ष नखःत्या नबोलाउन र नखःत्या नजान अपील गरेका हुन् । कोरोनाको जोखिमका कारण रथयात्रालाई औपचारिकता मात्र दिन लागिएको छ । आज रथलाई थोरै मात्रै तान्ने तयारी छ ।

अघिल्ला वर्षहरुमा रथलाई तानेर गावाहलमा पुर्‍याउने गरिन्थ्यो । तर अब थोरै तानेर औपचारिकता मात्रै पूरा गरिनेछ । रथ तान्ने दिन पाटनबासीले आफन्तहरुलाई घरमा बोलाउने र भोज गर्ने गर्छन्, जसलाई नखःत्या भन्ने गरिन्छ।

जातीय खलः पुचःहरुले यो पटक आफन्त नबोलाउन र नजान सबैलाई अपील गरेका हुन् । रथारोहण गरेको लामो समयसम्म रथयात्रा हुन नसकेपछि बिहीबार केही स्थानीयले रथ तान्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले रोक्दा झडप भएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ६ : ३८ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका