२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग



तनहुँ । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग गरेका छन् । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि उनले भिडियोबाटै सोह्र श्राद्ध गरेका हुन् ।

पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको जोखिम भएकाले भिडियो प्रविधिको प्रयोग गरी श्राद्ध सम्पन्न गरेको सुवेदीले जानकारी दिए । उनले भरतपुर महानगरपालिका–११ चितवनमा पितृको श्राद्ध गरेका हुन् । यसअघि हरेक वर्ष पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्दै आउनुभएका सुवेदीले घरमै बोलाएर श्राद्ध गर्नु भन्दा भिडियोको माध्यमबाट झन् सजिलो भएको बताए ।

‘अहिले पण्डितलाई घरमै बोलाउने अवस्था पनि रहेन, प्रविधिको प्रयोग गरेर श्राद्ध गर्ने काम गरेँ’, उनले भने, ‘यसले गर्दा समय पनि चाँडै सकिने र अन्य झन्झट पनि नहुने ।’ उनका अनुसार भिडियो हेर्दा पण्डित छेउमै बसेको अनुभव भएको छ । भिडियो सन्देशमा पण्डितको निर्देशन अनुसारको सबै विधि पुर्‍याएर श्राद्ध गर्न सहज भएको सुवेदीले बताए ।

आफ्ना अन्य दाजुभाई काठमाडौंमा रहेकामा उनीहरु पनि सोही भिडियोमा जोडिएर श्राद्धको कार्य पूरा गरेको उनले जानकारी दिए । ‘प्रविधिको उच्चतम प्रयोगले पितृ कार्य सहज भएको र कोरोनाको कुनै पनि जोखिम भएन’, उनले भने, ‘सोह्र श्राद्धको अवधिमा पण्डितहरु कम्तीमा पनि चार/पाँच घरमा पुगेका हुन्छन् ।

यसले गर्दा दुवै पक्षलाई जोखिम हुने हुँदा अहिलेको अवस्थामा भिडियोको प्रयोग नै उपयुक्त लाग्यो ।’ कुशको टुक्रालाई पण्डित मानेर आफ्नै अगाडि राखेर त्यसलाई टीका लगाएर दक्षिणास्वरुप केही पैसा चढाउन सकिने प्रशासकीय अधिकृत सुवेदीले बताए ।

पण्डितलाई पछि भेटघाटको क्रममा अथवा अन्य केही माध्यमबाट दक्षिणा दिन सकिने उनले जानकारी दिए । कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएझै हिन्दूहरुको वार्षिक पितृ अर्पण कार्य सोह्र श्राद्ध पनि प्रभावित भएको छ । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ११ : ५६ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज