२७ कार्तिक २०८१, मंगलबार | November 12, 2024

कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग



तनहुँ । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग गरेका छन् । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि उनले भिडियोबाटै सोह्र श्राद्ध गरेका हुन् ।

पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको जोखिम भएकाले भिडियो प्रविधिको प्रयोग गरी श्राद्ध सम्पन्न गरेको सुवेदीले जानकारी दिए । उनले भरतपुर महानगरपालिका–११ चितवनमा पितृको श्राद्ध गरेका हुन् । यसअघि हरेक वर्ष पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्दै आउनुभएका सुवेदीले घरमै बोलाएर श्राद्ध गर्नु भन्दा भिडियोको माध्यमबाट झन् सजिलो भएको बताए ।

‘अहिले पण्डितलाई घरमै बोलाउने अवस्था पनि रहेन, प्रविधिको प्रयोग गरेर श्राद्ध गर्ने काम गरेँ’, उनले भने, ‘यसले गर्दा समय पनि चाँडै सकिने र अन्य झन्झट पनि नहुने ।’ उनका अनुसार भिडियो हेर्दा पण्डित छेउमै बसेको अनुभव भएको छ । भिडियो सन्देशमा पण्डितको निर्देशन अनुसारको सबै विधि पुर्‍याएर श्राद्ध गर्न सहज भएको सुवेदीले बताए ।

आफ्ना अन्य दाजुभाई काठमाडौंमा रहेकामा उनीहरु पनि सोही भिडियोमा जोडिएर श्राद्धको कार्य पूरा गरेको उनले जानकारी दिए । ‘प्रविधिको उच्चतम प्रयोगले पितृ कार्य सहज भएको र कोरोनाको कुनै पनि जोखिम भएन’, उनले भने, ‘सोह्र श्राद्धको अवधिमा पण्डितहरु कम्तीमा पनि चार/पाँच घरमा पुगेका हुन्छन् ।

यसले गर्दा दुवै पक्षलाई जोखिम हुने हुँदा अहिलेको अवस्थामा भिडियोको प्रयोग नै उपयुक्त लाग्यो ।’ कुशको टुक्रालाई पण्डित मानेर आफ्नै अगाडि राखेर त्यसलाई टीका लगाएर दक्षिणास्वरुप केही पैसा चढाउन सकिने प्रशासकीय अधिकृत सुवेदीले बताए ।

पण्डितलाई पछि भेटघाटको क्रममा अथवा अन्य केही माध्यमबाट दक्षिणा दिन सकिने उनले जानकारी दिए । कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएझै हिन्दूहरुको वार्षिक पितृ अर्पण कार्य सोह्र श्राद्ध पनि प्रभावित भएको छ । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ११ : ५६ बजे

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं । राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

हुम्ला । यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट

‘भुस पोल्ने पर्वले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ’

गण्डकी । पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय