२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण



काठमाडौ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरेका छन्। होप एयरलाइन्स र होपमिन फेमिली लगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गरेका हुन् ।

एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ती एक प्याकेट वितरण गरिएको हो । जिल्लाको जुगल–३ लिदीमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने अझै तीन जना बेपत्ता छन् ।

पहिरोपीडितका लागि पर्साको ठोरी–४ मा गठन भएको राहत सङ्कलन समितिले रु छ लाखभन्दा बढी सङ्कलन गरी सहयोग गरेको छ ।

शनिबार बिहान पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल –१ स्थित बाँसखर्क पुगेर रु छ लाख ४३ हजार नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिए।

यही भदौ २ गते वडा नं ४ को घ्याङडाडामा वडाध्यक्ष बईबहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले पहिरोमा परी घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकालाई राहत वितरण गर्ने उद्देश्यले शिक्षक दलबहादुर स्याङबोको संयोजकत्वमा राहत सङ्कलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रूपमा १३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिए ।

पहिरोले पूर्णरूपमा घर क्षति भएका र आफन्तसमेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजार, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५०० का दरले र एक जना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ ।

समितिमार्फत सङ्कलित रकम शनिबार प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको अध्यक्ष पाख्रिनले बताए
। साउनको ३० गते लिदीमा गएको पहिरोमा परेर ३७ ले ज्यान गुमाएका थिए भने ३७ घर पुरिएका थिए । अझै दुई जना बेपत्ता छन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाले रु एक लाख ६० हजार वितरण गरिएको अभियन्ता कृष्ण तामाङले जानकारी दिए।

तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाका सचिव हेमकला तामाङ अभियन्ता रत्न तामाङ र सुनिता तामाङले सङ्कलन गरी पठाएको रकम कृष्ण तामाङको तेतृत्वमा कलाकार बैरागी तामाङ, केशरी तामाङलगायतको समूहले पीडितलाई बुझाएको तामाङले बताए।

पहिरोकै कारण मृत्यु भएका परिवारलाई रु १० हजार र घर ढलेका परिवारलाई रु पाँच हजारका दरले सहयोग गरेको तामाङले जानकारी दिए । गाउँपालिकाका बरुवाका ११ तथा तिपेनिका २० घर गरी ३१ घरपरिवारलाई रकम बुझाइएको हो ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १२ : ०७ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५