सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका- २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ पाँच बजेदेखि उनीहरू सम्पर्कविहीन छन् ।
स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता छन् ।
साँझपख खेल्नभनी घरबाट निस्केका उनीहरू नफर्किएको बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार राज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शनिबार साँझदेखि नै गाउँलेले खोजीकार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन ।
उनीहरूलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरि खबर गरिदिन परिवारले अनुरोध गरिएको छ । रासस



















प्रतिक्रिया