१ पुस २०८२, मंगलबार | December 16, 2025

विराटनगरका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु



विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक वृद्धको मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित वृद्धको सोमबार बिहान मृत्यु भएको हो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।

भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्धलाई १० दिन ‘होम आइसोलेसन’मा राखेर उपचारका लागि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको दासले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि ‘होम आइसोलेसन’मै रहे पनि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि कोभिड उपचार केन्द्रमा ल्याइएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज