१७ बैशाख २०८२, बुधबार | April 30, 2025

सङ्घीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् ।

सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले सम्पूर्ण निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको हुँदा सङ्घीयतालाई सफल पार्न तथा सरकारले लिएको ‘समृद्ध नेपाली, सुःखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा समेत यस क्षेत्रको भूमिका अर्थपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, जवाफदेही, परिणाममुखी र सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहेकामा समेत उनले जोड दिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ९ : २२ बजे

शिक्षा मन्त्रालयमा शिक्षक र सरकारबीच वार्ता

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।

रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, एकता सभा स्थगित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको

‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

लुम्बिनी मन्त्रिपरिषद् बैठक, स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी तोक्ने