१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कृषियोग्य जमिनको कित्ताकाट खुला



काठमाडौं । सरकारले तीन वर्षदेखि बन्द गरेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ ।

२०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले खुला गरेको हो । कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले जनाएकोछ ।

भूउपयोग नियमावली जारी ‘भू–उपयोग नक्शा;डाटा तयारग री स्थानीय तहलाई हस्तान्तरण भएपछि सो का आधारमा हुने गरी हाललाई भू–उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउ विभाग मार्फत मातहत कार्यालयहरुमा निर्देशन दिने मन्त्रीस्तरको निर्णय भएअनुसार कित्ताकाट खुला गरिएको हो ।

यसअघि २०७४ मा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले कित्ताकाट बन्द गराएका थिए । यस्तै, २०७५ मा पनि जग्गाको खण्डीकरणका सम्बन्धमा कित्ताकाट रोक्ने आदेश जारी भएको थियो ।

मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

मन्त्रालयले तीन वर्ष पहिला कृषियोग्य जमिनमा कित्ताकाट हुँदा कृषियोग्य जमिन नासिन गै खाद्य सुरक्षाको संकट उत्पन्न हुनसक्ने जनाउँदै खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै कित्ताकाटमा रोक लगाएको थियो ।

सरकारको यो निर्णयसँगै देशभर जग्गालाई खण्डिकरण गरी बेचबिखन गर्न बाटो खुलेको छ । यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  २ : २१ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको