१४ असार २०८३, आइतबार | June 28, 2026

नेविसङ्घले वीपीजयन्ती मनाउने



काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औं जन्मजयन्ती मनाउने भएको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सोमबार विज्ञप्ति जारी गरी ‘जननायक वीपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर मनाउन’ नेविसङ्घ जिल्ला समितिलाई निर्देशन दिएका छन् ।

नेविसङ्घले वीपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ ।

अध्यक्ष ढुङ्गानाले सामाजिक दूरी कायम राखेर वीपीजयन्ती मनाउन सबै जिल्ला समितिलाई आग्रहसमेत गरेका छन् ।

यस्तै नेविसङ्घले अविरल वर्षासँगै गएको बाढी, पहिराका कारण विस्थापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ३ : ५३ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट