२ चैत्र २०८२, सोमबार | March 16, 2026

‘स्वरोजगारका लागि ल्याइएका नीतिलाई सरल बनाइने’



काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेट अनुसार स्वरोजगारमुखी बनाइने बताए ।

यस आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब ७६ अर्ब युवाका लागि बजेट विनियोजन गरेको छ ।

विश्वकर्माले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिए । “विकास र समृद्धिको मेरुदण्ड युवा भएकाले ति युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ”, उनले भने, “युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गररेर ल्याइने छ, मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ ।”

मन्त्री विश्वकर्माले कोरोना भाइरस ९कोभिड–१९०का कारणले युवालाई स्वरोजगार बनाउने काम सूचारु हुन नसकेको भन्दै कोभिड–१९ को सामान्य अवस्था आउने बित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राखे। उनले कोभिड–१९ को कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले ति युवालाई स्वरोजगार बनाउने चुनौति रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले एकिकृतरुपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। ढुंगेलले युवालाई तालीम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने दाबी गरे ।

उनले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने बताए । उनले सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाव दिने जनाए ।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताए। यसका लागि कोषले १९ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए । उनले एकिकृतरुपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरुपमा हुने बताए ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताए ।

अधिकारीले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गरे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेस्फुन)का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरुले ऋण प्रवाह गरिरहेको बताए । उनले ३५ हजार युवालाई प्रत्यक्ष रुपमा नेस्फुनले ऋण प्रवाह गरिरहेको जानकारी दिए ।

युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा. कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताए। उनले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरेपनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताए । उनले स्वरोजगरामार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाए । यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ३७ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन