६ श्रावण २०८३, बुधबार | July 22, 2026

अर्घाखाँचीका कोरोना संक्रमित टिप्पर चालकको बाँकेमा उपचारका क्रममा मृत्यु



नेपालगन्ज । अर्घाखाँचीका एकजना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।
भिम अस्पतालले रेफर गरेको अर्घाखाँचीका एकजना टिप्पर चालकको आज नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

आर्घाखाँची सितगंगा-१२ का ४२ वर्षि पुरुषको आज बिहान ९ः२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले पुष्टि गरे ।

श्रेष्ठका अनुसार गत श्रावण २७ गते टिप्पर दुर्घटना भएर युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा भर्ना भएका उनको भाद्र ५ गते कोरोना पुष्टि भएको थियो । भाद्र ५ देखि ९ गते सम्म भैरहवामा उपचारगर्दा स्वास्थ्यमा सुधार नआएपछि कोहलपुर रेफर गरिएपनि ११ गते मात्र उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुर उपचारका लागि पुगेका थिए । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको थियो ।

यस अघि अछाम र कैलालीबाट उपचारका लागि कोहलपुर पुगेका कोरोना संक्रमितको २ जनाको पनि मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ११ : ३९ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा