२० मंसिर २०८२, शनिबार | December 6, 2025

अर्घाखाँचीका कोरोना संक्रमित टिप्पर चालकको बाँकेमा उपचारका क्रममा मृत्यु



नेपालगन्ज । अर्घाखाँचीका एकजना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।
भिम अस्पतालले रेफर गरेको अर्घाखाँचीका एकजना टिप्पर चालकको आज नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

आर्घाखाँची सितगंगा-१२ का ४२ वर्षि पुरुषको आज बिहान ९ः२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले पुष्टि गरे ।

श्रेष्ठका अनुसार गत श्रावण २७ गते टिप्पर दुर्घटना भएर युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा भर्ना भएका उनको भाद्र ५ गते कोरोना पुष्टि भएको थियो । भाद्र ५ देखि ९ गते सम्म भैरहवामा उपचारगर्दा स्वास्थ्यमा सुधार नआएपछि कोहलपुर रेफर गरिएपनि ११ गते मात्र उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुर उपचारका लागि पुगेका थिए । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको थियो ।

यस अघि अछाम र कैलालीबाट उपचारका लागि कोहलपुर पुगेका कोरोना संक्रमितको २ जनाको पनि मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ११ : ३९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय