१३ माघ २०८२, मंगलबार | January 28, 2026

अष्ट्रेलियाका राजदुत वडले गरे पर्यटन मन्त्री भट्टराईसंग बिदाई भेट



काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसंग शिष्टाचार बिदाई भेटवार्ता गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलवार भएको विदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको बताएका छन् । उनले यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र यसवाट नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

राजदुत वडले कोभिड १९ ले सृजना गरेको विकराल समस्याका विच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्कीएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरि नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता गरे । उनले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

बिदाई कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको विचमा हवाई सम्झौत्ता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे । उनले अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्धनमा राजदुतको सहयोगको अपेक्षा गरेका थिए ।

राजदुत वडले आफनो तीन बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग विदाई भेट गरेका हुन् ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ११ : २४ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य