४ पुस २०८२, शुक्रबार | December 20, 2025

चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि



चितवन । चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

कोरोना पोजेटिभ देखिनेहरू १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन् । भरतपुरमा पुष्टि भएकाहरूको नमुना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार मंगलबार राति १२ बजेसम्म २५७ वटा नमुना परीक्षण गरिएकोमा सिन्धुपाल्चोकका एक जनासहित १२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ७ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको