२५ असार २०८२, बुधबार | July 9, 2025

चितवनमा कोरोना सक्रमण बढदो



चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।

पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार सङ्क्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३/३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ११९ जना रहेको छ । जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन् ।

यसअघिका दिनमा सङ्क्रमितको सङ्ख्या कम थियो । पुस २४ गते एक जनामा सङ्क्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा सङ्क्रमण देखिएको थियो । एकाएक यो सङ्ख्या बढेको हो ।

चालू आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना सङ्क्रमण देखिएकोमा भदौमा यो सङ्ख्या घटेर एक सयको हाराहारीमा आएको थियो ।

यस्तै असोज/कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना सङ्क्रमण मङ्सिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको सङ्क्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताए । उनले भने, “एक सातापछि कोरोना सङ्क्रमण दर उच्च बन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ४८ बजे

म्याग्दीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर

पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले

त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा