२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । माहानगरिय अपराध महाशाखाका अनुसार सहकारीको रकम हिनामिना गर्ने काठमाडौं महानगरपालिका(३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदाको हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनले ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्कीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ३ : १९ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै