१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद गर्नुपर्ने भन्दै मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले सो निर्देशन दिएका हुन ।

त्यसक्रममा भट्टराईले आन्तरिक तर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउदै तत्काल खरिद योजना अघि बढाउनुपर्ने बताए ।

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, संचयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए ।

उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्नुपर्ने बताए । उनले एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह गरे ।

नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत मन्त्री भट्टराईले आग्रह गरे ।

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन दिए ।

खर्च कटौती तथा मित ब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरे ।

मन्त्री भट्टराईले जीएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान एजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जीएसए तोक्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ५ : ०७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्