१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कोरोना महामारीको कारण चिडियाखानाका जीवजन्तु सङ्कटमा



ललितपुर । कोरोना भाइरस (कोभिड–१९) का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ ।

मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर चिडियाखानामा अवलोकनकर्ता आउन छाडेपछि आम्दानीको स्रोत बन्द भएसँगै समस्या थप जटिल भएको छ ।

गत चैत देखिको लगातार बन्दसँगै भ्रमणकर्ता चिडियाखाना जाने काममा रोक लगाइएको छ । त्यसका कारण वन्यजन्तुसँगै यहाँका काम गर्ने कर्मचारी पनि आर्थिक समस्यामा परेको चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताए । वन्यजन्तु पाल्नकै लागि चिडियाखानाका कर्मचारीको तलब साउनदेखि नै आधा कटौती गरिएको छ ।

पोखरेलले रेखदेख र भरणपोषण गराउने कर्मचारीलाई आलोपालो गर्न नमिल्ने, त्यसैले आफू र वन्यजन्तु बचाउन तलब कटौती गरेर भए पनि चलाइरहेका छौँ भने । चिडियाखानामा ७५ जना कर्मचारी छन् । अब यस्तै भए चिडियाखाना चलाउनै नसक्ने अवस्था आउने उनि बताउँछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत आएपछि सदर चिडियाखाना नयाँ रूपमा सञ्चालन भएको २५ वर्ष पूरा भइसकेको छ । सुरुको पाँच वर्ष सरकारले दिएको बजेटमा चल्यो ।

त्यसपछि २० वर्ष चिडियाखानाले आफैँ आम्दानी गरेर सरकारलाई बुझाउन सफल रह्यो । अहिले सङ्कटको बेला चिडियाखानाका कर्मचारीले सरकारको सहयोगको बाटो हेरिरहेका छन् । पोखरेलले भने हाम्रो अभिभावक सरकार हो । त्यसैले आशमा छौँ भने । विदेशी दातासँग पनि आर्थिक सहयोगको कुरा भइरहेको छ । अन्यत्र पनि कोरानाको सङ्कट उस्तै रहेकाले दाताले सहयोग दिन्छन् भन्नेमा विश्वस्त हुन नसकिएको उनको भनाइ छ ।

चिडियाखानामा एक सय एक प्रजातिका एक हजार ५० किसिमका वन्यजन्तु र पन्छी छन् । हालकै अवस्था कायम रहँदा झन्डै एक वर्ष जस्तो बन्दाबन्दीको अवस्था रहने आकलन चिडियाखाना व्यवस्थापनले गरेको छ ।

यसका कारण एक वर्षको समयको खर्च धान्न करिब १५ करोड रुपियाँ बराबरको आर्थिक राहत तत्काल चिडियाखानालाई आवश्यक हुने चिडियाखाना व्यवस्थापनले जनाएको छ । हरेक दिन करिब चार हजार अवलोकनकर्ताले चिडियाखाना भ्रमण गर्थे । चैतदेखि त्यो क्रम ठप्प छ । बचत बापतको केही रकम व्यवस्थापन खर्चमा सकिँदै गएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ७ : १२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले