५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना महामारीको कारण चिडियाखानाका जीवजन्तु सङ्कटमा



ललितपुर । कोरोना भाइरस (कोभिड–१९) का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ ।

मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर चिडियाखानामा अवलोकनकर्ता आउन छाडेपछि आम्दानीको स्रोत बन्द भएसँगै समस्या थप जटिल भएको छ ।

गत चैत देखिको लगातार बन्दसँगै भ्रमणकर्ता चिडियाखाना जाने काममा रोक लगाइएको छ । त्यसका कारण वन्यजन्तुसँगै यहाँका काम गर्ने कर्मचारी पनि आर्थिक समस्यामा परेको चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताए । वन्यजन्तु पाल्नकै लागि चिडियाखानाका कर्मचारीको तलब साउनदेखि नै आधा कटौती गरिएको छ ।

पोखरेलले रेखदेख र भरणपोषण गराउने कर्मचारीलाई आलोपालो गर्न नमिल्ने, त्यसैले आफू र वन्यजन्तु बचाउन तलब कटौती गरेर भए पनि चलाइरहेका छौँ भने । चिडियाखानामा ७५ जना कर्मचारी छन् । अब यस्तै भए चिडियाखाना चलाउनै नसक्ने अवस्था आउने उनि बताउँछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत आएपछि सदर चिडियाखाना नयाँ रूपमा सञ्चालन भएको २५ वर्ष पूरा भइसकेको छ । सुरुको पाँच वर्ष सरकारले दिएको बजेटमा चल्यो ।

त्यसपछि २० वर्ष चिडियाखानाले आफैँ आम्दानी गरेर सरकारलाई बुझाउन सफल रह्यो । अहिले सङ्कटको बेला चिडियाखानाका कर्मचारीले सरकारको सहयोगको बाटो हेरिरहेका छन् । पोखरेलले भने हाम्रो अभिभावक सरकार हो । त्यसैले आशमा छौँ भने । विदेशी दातासँग पनि आर्थिक सहयोगको कुरा भइरहेको छ । अन्यत्र पनि कोरानाको सङ्कट उस्तै रहेकाले दाताले सहयोग दिन्छन् भन्नेमा विश्वस्त हुन नसकिएको उनको भनाइ छ ।

चिडियाखानामा एक सय एक प्रजातिका एक हजार ५० किसिमका वन्यजन्तु र पन्छी छन् । हालकै अवस्था कायम रहँदा झन्डै एक वर्ष जस्तो बन्दाबन्दीको अवस्था रहने आकलन चिडियाखाना व्यवस्थापनले गरेको छ ।

यसका कारण एक वर्षको समयको खर्च धान्न करिब १५ करोड रुपियाँ बराबरको आर्थिक राहत तत्काल चिडियाखानालाई आवश्यक हुने चिडियाखाना व्यवस्थापनले जनाएको छ । हरेक दिन करिब चार हजार अवलोकनकर्ताले चिडियाखाना भ्रमण गर्थे । चैतदेखि त्यो क्रम ठप्प छ । बचत बापतको केही रकम व्यवस्थापन खर्चमा सकिँदै गएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ७ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं