१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकी प्रदेशमा ४९ जना संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जनामा संक्रमित पुष्टि भएको हो ।

संक्रमतिमा कास्कीको पोखरा महानगरपालिका( १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन् भने पोखरा महानगरपालिका( ३२ का ५० वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत बिरामी हुन् ।

त्यस्तै, पोखरा महानगरपालिका( १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मामा नेपाल प्रहरीमा कार्यरत छन् ।

्बाग्लुङको जैमिनीका ५१ वर्षीया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन् । अन्य कोरोना पुष्टि भएका व्यक्ति सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका थिए ।

उनीहरू सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ७ : २० बजे

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक