१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गण्डकी प्रदेशमा ४९ जना संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जनामा संक्रमित पुष्टि भएको हो ।

संक्रमतिमा कास्कीको पोखरा महानगरपालिका( १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन् भने पोखरा महानगरपालिका( ३२ का ५० वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत बिरामी हुन् ।

त्यस्तै, पोखरा महानगरपालिका( १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मामा नेपाल प्रहरीमा कार्यरत छन् ।

्बाग्लुङको जैमिनीका ५१ वर्षीया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन् । अन्य कोरोना पुष्टि भएका व्यक्ति सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका थिए ।

उनीहरू सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ७ : २० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम