२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान : नौ हजार मेट्रिक टन खाद्यान्न बचत



सल्यान । देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ ।

केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो । खाद्यबालीअन्तर्गत धान, मकै, कोदो र गहुँलगायत बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै खाद्यान्नमा आत्मनिर्भर भई बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

मौसमी तालमेल, कृषिमा आधुनिकीकरण, प्रविधिको प्रयोग, मलखाद, उन्नत बीउ तथा कृषकको सक्रियताका कारण सल्यान खाद्यान्न बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए ।

बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको उनको भनाइ छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्रीवितरण गर्दै आएको आचार्यको भनाइ छ । गत आर्थिक वर्ष २०७६ ०७७ मा ९७ हजार ६६४ मेट्रिक टन खाद्यान्न उत्पादन भएकामा जिल्लामा खपत भई ८ हजार ७४३ मेट्रिक टन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।

“जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १०४ मेट्रिक टन धान, ५१ हजार १७३ मेट्रिक टन मकै, २९ हजार १३८ मेट्रिक टन गहुँ, ९२१ मेट्रिक टन कोदो र ३२५ मेट्रिक टन जौ उत्पादन भएको छ जसमा सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ”, सूचना अधिकारी बस्नेतले भने । यस्तै १९ हजार ३३५ हेक्टर क्षेत्रफलमा मकै, १४ हजार २१७ हेक्टर क्षेत्रफलमा गहुँ, ६७५ हेक्टर क्षेत्रफलमा कोदो र एक हजार ४० हेक्टर क्षेत्रफलमा जौ खेती हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २०१ किलो खाद्यान्न आवश्यक पर्छ ।

जिल्लामा उत्पादित कुल खाद्यान्नमध्ये ५४ हजार ७३८ मेट्रिक टन खाद्यान्न जिल्लामा आवश्यक पर्छ । यस्तै कुल उत्पादनको पाँच प्रतिशत अर्थात् चार हजार ८८३ मेट्रिक टन खाद्यान्न मादक पदार्थ बनाउनमा प्रयोग हुने गरेको छ । पशु आहारमा भने ३० प्रतिशत अर्थात् २९ हजार २९९ मेट्रिक टन खाद्यान्न प्रयोग हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा रहेको बाँझो जमीन उपयोगमा ल्याउनाका साथै व्यावसायीकरण र आधुनिकीकरण गर्न सके जिल्लामा खाद्यान्न उत्पादनमा अझै वृद्धि हुने कृषि विकास कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  १० : १६ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा