७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेको खजुरामा वर्णशङ्कर धानको बीउ उत्पादन शुरु



बाँके । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ ।

नेपाली किसानले भारतीय वर्णशङ्कर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको जनाइएको छ ।

हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर ५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताए।

यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकवाट आयात हुँदै आएको हाइब्रिड धानको बीउको परिपूर्ति सहज रुपमा हुने र गुणस्तरहीन बीउबाट किसान ठगिने परम्पराको अन्त्य हुनेछ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समयअघि पहिलो पटक नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो ।

हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएको उक्त जात राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ ।

खजुरामा यी दुवै हाइब्रिड धानको दुई हेक्टर जमीनमा दुई टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरिएको निर्देशनालयका बाली वैज्ञानिक रामदास चौधरीले जानकारी दिए ।

उनका अनुसार बीउ उत्पादन गर्दा आठ लाइन पोथी र बीचबीचमा दुई लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाका रुपमा हर्दिनाथ हाइब्रिडको नयाँ बीउ उत्पादन गरिन्छ । कम समयमा उत्पादकत्व क्षमता बढी भएका यी बीउ यसअघिको हर्दिनाथभन्दा फरक छ ।

यी दुवै धान तराई–मधेशका साथै समुद्र सतहदेखि सात सय देखि नौ सय मिटर उचाइसम्मका लागि सिफारिश गरिएको छ ।

एक सय २२ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड १ धान प्रतिहेक्टर ७।५ टन उत्पादन क्षमता छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड ३ धानको उत्पादन क्षमता प्रतिहेक्टर आठ टन रहेको निर्देशनालयले जनाएको छ ।

नेपाली बजारमा उन्नत जातका धानको बीउ नपाइएका कारण नेपाली किसान भारतीय बीउप्रति निर्भर हुनुपरेको छ । गुणस्तर परीक्षण नगरी भारतबाट जथाभावी ल्याइने बीउ नउम्रिएका कारण बेलाबेलामा कृषक ठगिने गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ११ : ५९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल