२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

दाङमा प्रसूति सेवा लिने बढ्दै



दाङ । कोरोना सङ्क्रमणको जोखिममा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन् ।

बन्दाबन्दीले अन्य बर्थिङ सेन्टर बन्द भएको छ । जिल्ला बाहिर जान कोरोनाको जोखिम भएकाले अस्पतालमा सेवा लिनेको सङ्ख्या बढेको अस्पतालका प्रसूति शाखा प्रमुख डा. किरण पोखरेलले जानकारी दिए ।

“बन्दाबन्दीमा सेवा लिन प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता भएकोले सङ्ख्या बढेको हो”, उनले भने । अस्पतालमा गत वर्ष दैनिक १७ जनाले सेवा लिने गरेकोमा अहिले ८० जनाले सामान्य प्रकारको प्रसूति सेवा लिने गरेको बताइएको छ ।

“अस्पतालमा सेवा लिने अन्य बिरामी कम भएपनि प्रसूतिलाई आउने बढ्दै छन्”, डा. पोखरेलले भने । सो सेला लिनेमध्ये शल्यक्रिया गराउने धेरै छन् ।

अस्पतालमा दाङसहित रूकुम, रोल्पा, सल्यान, प्यूठान लगायतका जिल्लाबाट सेवा लिन आउँछन् । प्रसूति सेवा लिने बढ्दै गएपछि जनशक्तिको अभाव हुन थालेको प्रमुख पोखरेलले जानकारी दिए ।

अस्पतालमा ३७ नर्सिङ कर्मचारी छन् । “कोरोनाको जोखिम बढिरहेको समयमा जनशक्ति कम हुँदा समस्या आउन सक्छ तर अहिलेसम्म अस्पतालमा रहेको जनशक्तिले धानेकै छ”, उनले भने । जोखिम बढिरहेको समयमा स्वास्थ्य सुरक्षाका सामग्री पाउन नसके पनि सेवा दिइरहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सर्वेश शर्माले अस्पतालमा सुरक्षा सामग्रीको अभाव हुन नदिने बताए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ३ : २२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात