२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रेस काउन्सिल र चिकित्सक सङ्घबीच सहकार्य हुने



काठमाडौ । प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक सङ्घबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ ।

प्रेस काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा बद्री रिजालले आज १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य लगायत विभिन्न विषयमा कलम चलाइरहेका सञ्चारकर्मीलाई विषय विज्ञबाट पाठ्यक्रमको प्रारुप तयार गरी तालिम तथा प्रशिक्षण ,दक्ष प्रशिक्षक उत्पादन, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता, हकहित र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।

सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले आचारसंहिता उल्लंघनका उजुरीमा द्रुत विधिबाट कारवाहि हुँदै आएको जानकारी दिए।

सङ्घका अध्यक्ष डा कार्कीले पत्रकारिता पेशालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर छोटो तथा लामो अवधिको तालिम प्रदान गर्न दुई सस्थाका बीच सहकार्य भएको बताए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ८ : ०८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय