४ पुस २०८२, शुक्रबार | December 20, 2025

बजार व्यवस्थापनमा सरकारको नियन्त्रण आवश्यक



काठमाडौं । बजार व्यवस्थापनका लागि सरकारको नियन्त्रण भएन भने आर्थिक क्षेत्रमा ठूलो अव्यवस्था सिर्जना हुने बताइएको छ ।

काठमाडौं महानगरको सहयोगमा सञ्चार केन्द्र नेपालले शुक्रबार आयोजना गरेको राजधानीको बजार अनुगमन र सुरक्षा व्यवस्था विषयको कार्यक्रममा वक्ताले बजार सबैको पहुँचमा राख्न र निर्यात घटाउँदै जान सरकारको बलियो उपस्थिति चाहिनेमा जोड दिए ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले सरकारका प्रतिनिधिले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने काम गर्नुपर्ने बताए । महानगरका सहसचिव राजेश्वर ज्ञवालीले अनुगमन गर्ने जिम्मेवारी गृह प्रशासन, वाणिज्य तथा आपूर्ति विभाग, स्थानीय तह आदि विभिन्न निकायमा भएकाले प्रभावकारी हुन नसकेको बताउँदै स्थानीय तहको नेतृत्वमा स्रोतसाधन र जनशक्ति परिचालन गर्न सकिने कानूनी व्यवस्थामा जोड दिए ।

बजार अनुगमनका विषयमा काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको धारणा एउटै थियो । कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअ जनकराज दाहाल, नारायण भट्ट र हुमकला पाण्डेले बजार अनुगमनको प्रणाली एकीकृत हुनुपर्ने बताउँदै स्थानीय तहलाई उपभोक्ता हित संरक्षण र एकीकृत बजार अनुगमनका लागि कानून बनाउन सुझाव दिए । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको