२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

लकडाउनको नयां मोडालिटी तयार, बजार तथा आवागमन सहज हुने अनुमान



काठमाडौं । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने गरि सरकारलाई सिफारीस सहितको मस्यौदा बुझाएपछि आईतबार देखि देशमा लकडाउन खुकुलो हुने अनुमान गरिएको छ ।

उच्चस्तरीय समन्वय समितिले तयार गरेको मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने ब्यवस्था गरिएको छ । सोही ब्यवस्था अनुसार असार १ पछि भने लामो दूरीको यातायात संचालन गर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा यसअघि प्रधामन्त्रीले विज्ञहरूसँग परामर्श गरेका थिए ।
मस्यौदामा वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड समेत तयार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि नयाँ मापदण्डमा तयार गरेको हो । मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ ।

मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ । यात्रुले यात्रा गर्नुअघि वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ । यात्राको क्रममा अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने र यात्राभर आफूलाई आवश्यक मास्क आफैँ व्यवस्था गर्नुपर्नेसमेत उल्लेख गरिएको छ । त्यस्तै यात्रुले उडान जाँचदेखि लगेज लिने प्रक्रियासम्म कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा जनाइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : ३८ बजे

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके