४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशमा संक्रमितको संख्या दुई हजार ८ सय २० पुग्यो



गण्डकी । गण्डकी प्रदेशमा कारोना सङक्रमितको सङ्ख्या दुई हजार ८ सय २० पुगेको छ ।

पछिल्लो विवरण अनुसार प्रदेशमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

विवरण अनुसार थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) आठ , गोरखामा पाँच , कास्की र तनहुँमा एक/एक जना छन् ।

प्रदेशमा हालसम्म ५५ हजार ६५४ जनाको पिसिआर नमूना परीक्षण गरिएको थियो । तीमध्ये ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण नदेखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको सङ्ख्या ९४९ जना र उपचारपछि एक हजार ८४९ जना निको भएका छन् । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको