८ बैशाख २०८१, शनिबार | April 20, 2024

अपर बलेफीको सुरुङ खन्ने काम सम्पन्न



चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ ।

विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिए ।

लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पुर्याउन नसकिएको कम्पनीले जनाएको छ । बाइस किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तयार भइसकेको छ ।

शुरुमा छ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर हाल रु सात अर्ब पुगेको जनाइएको छ । रासस

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १२ : ३५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले