५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चितवन प्रहरी हराएको मोबाईल खोजि अभियानमा



चितवन । चितवनमा तपाईको मोबाईल हराएको छ भने चिन्ता नगर्नुहोस् । प्रहरीले हराएको मोबाईल खोज्ने अभियाननै थालेको छ । पछिल्लो समय चितवनमा बिभिन्न ब्यक्तिहरुको हराएको १७ थान मोबाईल प्रहरीले खोजिगरेर सम्बन्धितलाई फिर्ता गरिदिएको छ ।

चितवनमा हरेक दिनजसो माबाईल चोरी हुने तथा हराउने गरेको गुनासो आएपछि चितवन प्रहरीले मोबाईल चोरी गर्ने वा भेटाउनेहरुको योजना बनाएर खोजि अभियान थालेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्गले बताए । गुरुङका अनुसार प्रहरीले चोरीका मोबाईलहरु खोज्न छुटै युनिट नै खडा गरि अभियान सुरु गरेको हो ।

चितवन प्रहरीले निगरानी बढाएसंगै चोरीका मोबाईलहरु भेटिन पनि थालेको छ । कार्यालयको सूचना संकलन तथा अन्वेषण शाखाको नेतृत्वमा विभिन्न समयमा हराएका मोबाइल फोन फेला पारी सम्बन्धित १७ वटा मोबाइल धनीलाई जिम्मा लगाईएको चितवन प्रहरीले जनाएको छ ।

मोबाइलहरु हराएका तथा चोरी भएको निवेदन दर्ता हुने क्रम बढेको पाईएपछि अभियानकै रुपमा खोजि अभियान थालिएको र पत्तालाग्ने क्रम पनि सुरु भएको एसपी गुरुङले बताए । चितवनमा पछिल्लो २ महिनामा ८० बढी मोबाईल हराएको उजुरी परेको थियो ।

प्रहरीले आईएमई नम्बरको आधारमा हराएका मोबाईलहरु बरामद हुन थालेको उनले बताए । हराएको वा चोरी गरेको मोबाईलमा जुनसुकै सिमा हालेर प्रयोगमा आए लगत्तै आईएमई नम्बरको आधारमा पक्राउ गर्न सहज हुने प्रहरीको भनाई छ ।

एसपी गुरुङले मोबाईल खरिदकर्ताहरुले अनिवार्य इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर सेभ गरेर राख्न नागरिकलाई आग्रह गरे । मोबाईल हराउंदा इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर सहित उजुरी परेर खोजि गर्न सजिलो हुने उनको भनाई छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ०७ बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने