१ चैत्र २०८२, आइतबार | March 15, 2026

शनिबार थपिए १२ सय १ नयाँ संक्रमित, ८५२ जना घर फर्किए



काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिने क्रम दिनप्रतिदिन जारी छ । शनिबार भाइरसका १२ सय १ जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार १७६ पीसीआर परीक्षणमा १२ सय १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै आजसम्म कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या शनिबार १५ हजार २६० रहेको छ । यसमध्ये ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६१५३ जना होम आइसोलेसनमा रहेका छन् ।

शनिबार कोरोना संक्रमणबाट ८५२ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ ।

शनिबार क्वारेन्टिनमा रहनेहरुको संख्या ६ हजार ३५४ रहेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : २१ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च