२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बागलुङ जैमिनी नगरपालिकाको टुनिवोटमा पहिरो, १ जनाको मृत्यु



बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिराले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ ।

कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिराले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । पौडेलका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए ।

उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनीबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले बताए ।

आज बिहान ५ बजे खसेको पहिराले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिराको थप विवरण आउन बाँकी छ ।

प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ९ : ५४ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार