४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा संभावना



काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ बजे रेकर्ड भए अनुसार दाङ जिल्लाको बेलझुण्डी, तुल्सीपुर, बाँके जिल्लाको धकेरी र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा अति भारी बर्षा भएको छ भने थप वर्षाको हुने सम्भावना रहेको छ । त्यस क्षेत्र भएर बहने साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । त्यस्तै होचा ठाउँहरुमा डुबान हुनसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सु.प. प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ७ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको