१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुग्यो



विराटनगर । प्रदेश १ मा सोमबार ८७ कोरोना सङक्रमित थपिएका छन् । तीमध्ये १५ महिला र ७२ पुरुष छन् ।

थपिएकामा मोरङमा ५५, सुनसरीमा २४, झापामा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमा मोरङको कटहरीमा महिला आठ र १३ पुरुष, विराटनगरमा एक महिला, १३ पुरुष, बुढीगङ्गामा पाँच महिला र आठ पुरुष, ग्रामथानमा दुई महिला र पाँच पुरुष, रतुवामाईमा तीन पुरुष, जहदामा एक पुरुष र स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा एक महिला र १३ पुरुष, धरानमा दुई महिला र दुई पुरुष, इटहरीमा दुई, भोक्राहानरसिंहमा दुई, दुहवीमा एक र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको छ ।

यस्तै झापाको कमलगाउँपालिकामा एक महिला र एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष तथा प्रदेश बाहिरका पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा चार हजार ८२९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । अहिलेसम्ममा दुई हजार ७८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ४८४ जना सहित हालसम्ममा एक लाख नौ हजार १६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ३१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्