४ पुस २०८२, शुक्रबार | December 20, 2025

इंग्लिस प्रिमियर लिग : चेल्सीको प्रभावशाली विजयी सुरुवात



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले प्रभावशाली जीत सहित नयाँ सिजनको सुरुवात गरेको छ ।

गएराति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

५४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलबाट ब्राइटनले खेलमा बराबरी गर्न सफल भयो । तर त्यसको दुई मिनेटपछि नै रीस जेम्सले गोल गरी चेल्सीलाई पुनः अग्रता दिलाए ।
कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको पासमा गोल गर्दै चेल्सीलाई ३–१ को जीत दिलाएका हुन् ।

यो सँगै चेल्सीले नयाँ सिजनमा प्रभावशाली जीतसहित विजयी यात्रा सुरु गरेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको