१६ भदौ २०८३, मंगलबार | September 1, 2026

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह



बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो हत्या इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घन हो, संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथि अतिक्रमण हो।”

“चीनले यसको कडा विरोध र निन्दा गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “चीनले इरानमाथिको सैन्य कारबाही तत्काल रोकिनुपर्छ ।”

चिनियाँ सरकारी सञ्चारमाध्यमले बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएपछि चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनले इरानमा उच्च अधिकारीलाई लक्षित गरी भएको आक्रमणको विरोध गरेको हो ।

अमेरिका र इजरायलले ’सार्वभौम नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साएको’ कुरा चीनका लागि ‘अस्वीकार्य’ भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले रूसी नेता लाभरोभको पहलमा भएको संवादका क्रममा वाङले बताएको जनाएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार वाङले लाभरोभसँग ‘मध्यपूर्वको अवस्थाले यस क्षेत्रको सुरक्षालाई खतरनाक मोडमा धकेल्न सक्ने भन्दै यसप्रति चीन निकै चिन्तित भएको बताएका थिए ।

वाङले भने, “अन्तर्राष्ट्रिय समुदायले ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरोध गर्दै स्पष्ट सन्देश पठाउनुपर्छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार उनको हत्याले ’मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनको सबै मान्यताको उल्लङ्घन’ भएको बताएका छन् ।

आक्रमणमा परी कम्तीमा एक जना चिनियाँ नागरिक घाइते भएको र केही अस्थायी यात्रु अलपत्र परेको बेइजिङको विदेश मन्त्रालयले आइतबार राति जनाएको छ ।

विज्ञप्तिमा यस क्षेत्रमा प्रभावित चिनियाँ नागरिकहरूको सङ्ख्या, भौतिक अवस्था र स्थानको बारेमा विस्तृत विवरण दिइएको छैन।

बेइजिङले केही दिन अघि नै इरानमा रहेका आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ।

चिनियाँ राहदानी धारकहरूले इरानबाट अजरबैजान, अर्मेनिया र टर्कीए जाने भिसामुक्त स्थलमार्गमा जान सक्ने विदेश मन्त्रालयले आइतबार उक्त आह्वान दोहोर्याउँदै जानकारी गराएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ०१ बजे

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह