१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

म्याग्दीमा डेङ्गुको उच्च जोखिम



बेनी । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएको नमुना परीक्षण गर्दा डेङ्गु नै पुष्टि भएकोले जिल्ला उच्च जोखिममा रहेकोे निमित्त प्रमुख लम्सालले जानकारी दिए । यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।

यसैगरी मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ ।

ओरेन्सिया सुसुगमुस भन्ने जीवाणुबाट सर्ने स्क्रब टाइफसका बिरामी गएको वैशाखदेखि हालसम्ममा ४१ जना अस्पतालमा आएका छन् । पछिल्लो दुई दिनमा सात जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

बेनी नगरपालिकाका पाँच जना, मङ्गला गाउँपालिकाका एक जना र बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

विगतमा परीक्षण नहुने भए पनि म्याग्दीमा शङ्कास्पद बिरामी देखिएकाले अहिले स्क्रब टाइफसको किट मगाएर परीक्षण गर्दा रोग पत्ता लागेको बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताए ।

‘लक्षण देखिन्छ, परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्क्रबको औषधि चलाउँदा निको हुने पनि गरेको छ ।’ उनले भने ।

यसका बिरामीको समयमै पहिचान हुन सकेमा उपचार सम्भव हुने भए पनि पहिचान हुन ढिला भए मृत्युदर उच्च रहने उनको भनाइ छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ७ : ४१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले