२१ भदौ २०८३, आइतबार | September 6, 2026

सात जिल्लामा कोरोना सङ्क्रमण शून्य



काठमाडौं । नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार १७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित सङ्ख्या ५५ हजार ३२९ पुगे पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३९३ मात्र रहेका र बाँकी कोरोनामुक्त भइसकेको जानकारी दिए  ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार ५७६ पुगेको छ ।

त्यसैगरी शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा छन् भने पाँच सयभन्दा माथि सङ्क्रमित उपचाररत रहेका जिल्ला सातवटा छन् । सङ्क्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । यस्तै पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही छन् ।

प्रवक्ता गौतमले देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार २७५ जना रहेको बताए । त्यस्तै संस्थागत आइसोलेसनमा आठ हजार ११८ जना छन् भने सोमबार आईसीयूमा १७९ जना र भेन्टिलेटरमा २९ जना सङ्क्रमित उपचाररत छन् । यसैगरी काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना गरी कुल ५१२ जनामा सङ्क्रमण देखिएको हो । योसँंगै काठमाडौं उपत्यकामा सङ्क्रमितको सङ्ख्या १२ हजार २४८ पुगेको छ । काठमाडौंमा १० हजार २६, ललितपुरमा एक हजार १९० र भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमित भएका छन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ७ : ४८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त