७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सात जिल्लामा कोरोना सङ्क्रमण शून्य



काठमाडौं । नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार १७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित सङ्ख्या ५५ हजार ३२९ पुगे पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३९३ मात्र रहेका र बाँकी कोरोनामुक्त भइसकेको जानकारी दिए  ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार ५७६ पुगेको छ ।

त्यसैगरी शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा छन् भने पाँच सयभन्दा माथि सङ्क्रमित उपचाररत रहेका जिल्ला सातवटा छन् । सङ्क्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । यस्तै पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही छन् ।

प्रवक्ता गौतमले देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार २७५ जना रहेको बताए । त्यस्तै संस्थागत आइसोलेसनमा आठ हजार ११८ जना छन् भने सोमबार आईसीयूमा १७९ जना र भेन्टिलेटरमा २९ जना सङ्क्रमित उपचाररत छन् । यसैगरी काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना गरी कुल ५१२ जनामा सङ्क्रमण देखिएको हो । योसँंगै काठमाडौं उपत्यकामा सङ्क्रमितको सङ्ख्या १२ हजार २४८ पुगेको छ । काठमाडौंमा १० हजार २६, ललितपुरमा एक हजार १९० र भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमित भएका छन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ४८ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा