१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ



बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ६१ वर्षीय खान र वडा नम्बर ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यता, महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । खानलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै महाअभियानले सरकारको कदमको भर्त्सना गरेको छ ।

आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोधस्वरूप चरणबद्ध आन्दोलन गर्दै आएको छ । संयोजक खानमाथि गरिएको धरपकडको विरोध गर्दै अभियानले उनलाई निःसर्त रिहा गर्न माग गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ९ : ५१ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार