४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा ४२ कोरोना संक्रमित निको भएर घर फर्कंदै



नेपालगन्ज । बाँकेमा जति जति संक्रमितहरु थपिँदै गएका छन् त्यती त्यती डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ । सोमबार २९ जना संक्रमित थपिएको बाँकेमा मंगलबार ४२ जना डिस्चार्ज हुँदै छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेबाट मंगलबार डाक्टर, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन । डिस्चार्ज हुनेमा १८ महिला र २४ जना पुरुष छन् ।

बाँके डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठका अनुसार मंगलबार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका डाक्टर एक जना, पत्रकार एक जना, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ जना प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी समेत गरेर ४२ जना रहेका छन ।

मंगलबार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जना समेत गरी ३ सय ८६ जना संक्रमित उपचाररत रहेको डीसीसीएमसीका फोकलपर्शन श्रेष्ठले बताए । बाँके जिल्लामा भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४ सय ६९ रहेको छ । जिल्लामा ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १० : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको