२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नेपालमा पहिलो पटक ‘थ्रिडी सिनेमा’को प्रयोग ‘आर्किटेक डिजाइनमा’



बुटवल । इन्जिनियरिङ अध्ययन गर्दै गरेका एक युवाले नेपालमै पहिलोपटक ‘थ्रिडी आर्किटेक डिजाइन’मा ‘थ्रिडी सिनेमा’को जस्तै प्रयोग गरेका छन् ।

लुम्बिनी इन्जिनियरिङ कलेज रुपन्देहीमा बीई (सिभिल इन्जिनियर)मा अध्यनरत विजय बेल्बासेले यस्तो प्रकृतिको अवधारणा नेपालमा पहिलो पटक ल्याएका हुन् ।

बेल्बासेका अनुसार प्रोजेक्टरको माध्यमबाट थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर हेर्दा थ्रिडी सिनेमा जस्तै घर, भवन वा संरचनाभित्र नै बसेर हेरे जस्तो, आफु नै घर, भवन वा संरचनाभित्र नै बसेको अनुभव गर्न सकिन्छ । यसअघि नेपालमा यस्तो प्रकृतिको आर्टिकेट डिजाइन नभएको वेल्वासेले दाबी गरेका छन् ।

बुटवल मिलनचोकमा क्रियटिभ इन्जिनियरिङ सोलुसन्स सञ्चालन गर्दै आएका बेल्बासेले आर्किटेक डिजाइनमा थ्रिडी अवधारणा ल्याएका हुन् ।

आफ्नो फर्मले थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर प्रोजेक्टरको माध्यमबाट डिजाईन हेर्दा आफै स्वयम सोही संरचनामा नै बसे जस्तो, सोही स्थानमा नै गएजस्तो अनुभुति हुने गरी डिजाईजन अगाडि बढाएको उनले जनाएका छन् ।

रम्भादेवी कलेजबाट डिप्लोमा ईन इन्जिनियरिङ (ओभरसियर) पुरा गरेका बेल्बासेले न्यु स्केल एकेडमी अमेरिकाबाट आर्किटेकमा केही छोटो अवधिको कोर्ष समेत पुरा गरिसकेका छन ।

सन् २०१८ मा आएको ‘रोवर्ट २.०’ नामको चलचित्र हेरेपछि आएको अवधारणालाई आर्किटेकमा पनि प्रयोग गर्न सकिन्छ भन्ने सोच अनुसार यस्तो डिजाइनिङ सुरु गरिएको उनी बताउँछन् ।

ब्युल्ड संसार नेपाल नामको सामाजिक सञ्जालमा बेल्बासेले आफ्नो थ्रिडी डिजाइन प्रस्तुत गर्दै आएका छन् । यो प्रविधिलाई खासगरी ठुल–ठुला हाउजिङ्ग, सपिङ्ग कम्लेक्सदेखि लिएर सामान्य घरहरुमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

यो परियोजनालाई निरन्तरता दिँदै अझ बढि परिस्कृत रुपमा अगाडि बढाउने योजना इन्जिनियर बेल्बासेको रहेको छ ।

 

 

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १ : २७ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात