७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवल उपमहानगरले थाल्यो बजार अनुगमन, प्याजमा कालोबजारी गर्ने ४ पसलमा लगाइयो ताला



बुटवल । भारतीय प्रतिबन्धसँगै बजारमा प्याजमा कालो बजारी भएको तथ्यांकसहित खबरकुरामा समाचार आएपछि बुटवल उपमहानगरपालिकाले आकस्मिक बजार अनुगमन गरेर नाफाखोरी गर्ने ४ पसलमा ताला लगाएको छ ।

भारतले प्याज निर्यातमा पुनः रोक लगाए लगत्तै बजारमा प्याज लुकाउने तथा खरिदको झण्डै १०० प्रतिशत बढी मुल्यमा प्याज बिक्रि भएको समाचार खबरकुरामा बुधबार बिहान प्रकाशित भएको थियो ।

बजारमा भएको नाफाखोरीमा अनभिज्ञता प्रकट गरेकी बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले मध्यान्ह भने आकस्मिक बजार अनुगमन गरेकी थिइन् ।

बजार अनुगमनमा निस्केको टोलीले ४ पसलमा ताला लगाएर कानुनी कारवाहीकालागि सिफारिस गरेको छ भने केहि किराना पसलहरुमा म्याद नाघेका, ब्याच नम्बर नभएका र अखाद्य वस्तु बरामद पनि गरेको छ ।

अनुगमन टोलीले बुटवलको कान्ति स्कुल परिसरमा रहेको गोपीकृष्ण किराना, बुटवल संगमपथमा रहेको लालाजी किराना तथा बुटवल–६ स्थित कृषि उपज केन्द्रमा रहेका आशिल आलु भण्डार र इधान सप्लायर्समा उपभोक्ता हीत विपरितका कारोबार गरेको भन्दै पसल सिल गरेर कानुनी कारवाहीका लागि सिफारिस गरेको छ ।

बुटवल उपमहानगरपालिकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५ जारी गर्दै बजार अनुगमनका कामलाई व्यवस्थित गर्ने भने पनि यसअघि औषधी पसलहरुमा गरेको अनुगमनका क्रममा बिक्रेताहरुले खुल्लेआम कालोबजारी गरेको भेटेपनि सम्झाईबुझाई गरेर छाडेको थियो ।

अनुगमनमा किराना पसलहरुमा लेवल विनाका अखाद्य बस्तुहरु बिक्री भएको र अस्वभाविक रुपमा मूल्य बढाएको पाइएको अनुगमन समिति संयोजक उप महागरका उपप्रमुख आचार्यले जानकारी दिइन् । उनले अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको हित विपरीत भएका काम रोक्ने बताइन् ।

उनले किराना पसलहरुमा प्याजको खरिद मूल्य ४५ रुपैयाँ पाइएको र त्यसैको विक्री मूल्य प्रतिकिलो एक सय २० रुपैयाँसम्म लिएको पाइएको अनुमगन संयोजक आचार्यले बताइन् ।

अनुगमनकै क्रममा लेवल नलगाएका विभिन्न उपभोग्य सामान अनुगमन समितिले जफत गरी नष्ट गर्ने भएको छ । अनुगमनका क्रममा जफत गरिएका सामानहरुलाई प्राविधिकहरुको थप परीक्षण पछि नष्ट गरिने बुटवल उपमहानगरका अनुगमन शाखा प्रमुख टोपलाल शर्माले बताए ।

अनुगमनमा उपप्रमुख आचार्यसँगै उपभोत्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, खाद्य कार्यालय भैरहवाका पदमराज भुसाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बुटवल उपमहानगरपालिका वडा नं। ४ का अध्यक्ष टंक पराजुली, वडा नं। ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, ईलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रशासन कार्यालयका प्रतिनिधि सहितको सहभागिता थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : २५ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११