१ पुस २०८२, मंगलबार | December 16, 2025

अझै रोकिए केरुङ नाकामा हजारभन्दा बढी कन्टेनर



काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख नाका, रसुवागढी भन्सार सुचारु हुन अवरोध भइरहँदा १० महीनादेखि चीनको केरुङमा रोकिएका सामान छुटाइदिन व्यवसायीहरूले सरकारका विभिन्न निकाय गुहारे पनि आश्वासन मात्रै पाउने गरेका छन् ।

कोरोना महामारीका कारण गत माघबाट उत्तरी नाकाहरू बन्द गरिँदा नेपाली व्यवसायीहरूले गतवर्ष नै चीनबाट आयात गर्न लागेका तयारी लत्ताकपडा, जुत्ताचप्पललगायत विद्युतीय सामग्रीसमेत गरी करीब हजारभन्दा बढी कन्टेनर सामान १० महीनादेखि केरुङ नाकामा रोकिएका छन् ।

बीचमा केही समय रसुवागढी र तातोपानी नाका सुचारु भए पनि पछिल्लो समय पुनः बन्द हुँदा नजिकिँदै गरेको दशैंका लागि सामान ल्याउन पाइने÷नपाइने चिन्तामा व्यवसायी छन् । व्यवसायीहरूले नाकामा रोकिएका सामान छुटाउन चीनसँग कूटनीतिक पहलको आग्रह गर्दै सरकारका विभिन्न निकायमा ज्ञापनपत्रसमेत बुझाइरहेका छन् ।

व्यवसायीहरूले हालसम्म परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका नेता बाबुराम भट्टराईदेखि सत्तारूढ नेकपाका मन्त्रीहरूसँग पनि बारम्बार भेटेर आफ्ना समस्या राखेका छन् । उनीहरू सबैले पहल गरिदिने बताए पनि आश्वासनबाहेक केही गर्न नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको गुनासो छ ।

चीनमा कोरोना महामारी कम हुँदै गएपछि वैशाखको तेस्रो साताबाट खुलेको रसुवाढी भन्सार यस बीचमा पुनः दुईपटक बन्द भएको छ । त्यसमाथि, रसुवागढी भन्सारबाट चिनियाँ पक्षले फलफूलबाहेकका अन्य सामान दैनिक रूपमा पाँच गाडी मात्रै नेपाल प्रवेश दिने हुँदा महीनौंदेखि नाकामा अलपत्र नेपाली व्यवसायीहरूको सामान आयातमा कठिनाइ हुँदै आएको छ ।

पछिल्लो समय नाकामा काम गर्ने एक कामदारमा कोरोना संक्रमण देखिएपछि करीब २ सातादेखि नाका पूर्ण रूपमा ठप्प छ । हाल ती संक्रमित कामदार निको भएर घर फर्किसके पनि चिनियाँ पक्षले नाका सुचारु गर्न आनाकानी गरिरहेका कारण सामान आयातमा अझै समय लाग्न सक्ने देखिएको छ । उक्त समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ६ : ३९ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि