५ श्रावण २०८३, मंगलबार | July 22, 2026

केरुङमा बाक्लो हिमपातपछि नेपाल आयात हुने सामान लोड हुन सकेन



रसुवा । चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयातमा प्रभावित भएको छ । मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन् ।

केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएकाे छ,’ उनले भने ।

हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए । ‘सामान लोड भएर बसेका गाडि केरुङबाट रसुवागढी आउन सकेको छैन, हिमपात भइरहेकाले लोड हुन सकेको छैन भनेर जानकारी आएको छ, उनले भने, हिउँ छ, यातायात अवरुद्ध भएको छ भनिएको छ, अब कति दिन लाग्छ भन्ने यकीन छैन ।’

अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केहि दिन नेपाल सामान आयातमा प्रभावित हुने देखिएको छ ।

चिनियाँ पक्षले दैनिक बिहान ९ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक ९ वटा कन्टेनर मार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएकाे थियो । मंगलबार बेलुका नै नाकाको सीमा पारी पुगेक ७ कन्टेनरले बुधबार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए । ‘बुधबार बिहान ७ चिनियाँ कन्टेनरमार्फत सामान आयात भएको छ, बेलुकी दुई कन्टेनर आउने गर्थ्याे, तर बुधबार भने आएन्, चिनिया पक्षले हामीलाई केही जानकारी गराएको छैन,’ उनले भने ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १० : ०७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं