१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

चिनियाँ नाकाबाट मालसामान सहज ढुवानीको व्यवस्था मिलाउन महासङ्घको आग्रह



काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहज रूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले नाकामा रोकिएका सामान सहजरूपमा ल्याउने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री तथा विभिन्न पार्टीका शीर्षस्थ नेतालाई भेटेर ध्यानाकर्षण गराए पनि सामान ढुवानीमा सहज नभएको बताए। “महासङ्घको ध्यानाकर्षणपछि केरुङ, तातोपानीलगायतका नाका खुला भए पनि मालवस्तु सहजरूपमा नेपाल भित्रिन सकेका छैनन्”, उनले भनेका छन् ।

चीनले अहिले दिनमा एक÷दुईवटा मात्र कन्टेनर नेपाल भित्रिन दिएर अवरोध गरिरहेको भन्दै कूटनीतिक वार्तामार्फत सहजरूपमा कन्टेनर नेपाल ल्याउने वातावरण मिलाउन महासङ्घले आग्रह गरेको छ ।

महासङ्घले अहिले पनि नाकामा धेरै कन्टेनर रोकिएको भन्दै नाकामा रोकिएका कन्टेनर सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण नगरे नाकामै धर्ना बस्ने बताएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : ०५ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा