२३ चैत्र २०८२, सोमबार | April 6, 2026

रुपन्देहीको देवदहको क्वारेन्टिनमा एकजनाले गरे आत्महत्या



बुटवल । रुपन्देहीमा क्वारेन्टिमा बसिरहेका १ जनालाई आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका हुन् ।

देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिमा स्थानीय २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले पुष्टि गरेका छन् ।

गत भाद्र १७ गते भारतबाट आएका उनी १३ दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनबाट घर जान १ दिन मात्र बाँकी रहंदा उनले क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या गरेका छन् ।

पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिए पनि उनको पीसीआर रिपोर्ट अझै आएको छैन । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाएर एकजनाले आत्मदाह गरेका थिए । आत्महत्याको कारण खुल्न नसकेको नगर प्रमुख केसीले बताए ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : ४५ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का