३० भदौ २०८३, मंगलबार | September 16, 2026

इलाका प्रहरी कार्यालय बुटवलको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ बाट दुई घण्टामै दुई दर्जन मोटरसाइकल नियन्त्रणमा



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत शनिबार राति करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको छ । कालिकापथ क्षेत्रमा केन्द्रित भई सञ्चालन गरिएको उक्त अभियान राति ९ बजेदेखि सुरु गरिएको थियो । विशेषगरी चर्को आवाज निकाल्ने, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई लक्षित गर्दै अभियान अघि बढाइएको हो ।

प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बजार क्षेत्रमा ध्वनि प्रदूषण र लापरवाहीपूर्ण सवारीका कारण जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । उनका अनुसार करिब दुई घण्टाको अवधिमा नै ठूलो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिइएको र सम्बन्धित धनीमाथि कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिनेछ ।

प्रहरीले यसअघि पनि बुटवल क्षेत्रमा यस्ता मोटरसाइकलमाथि निगरानी तथा कारबाही अभियान सञ्चालन गरेको थियो । केही समय शान्त रहेको अवस्था पछिल्लो समय पुनः बिग्रन थालेपछि ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानलाई थप प्रभावकारी बनाउँदै अन्य क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ४१ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज