१ पुस २०८२, मंगलबार | December 16, 2025

अविरल वर्षासँगै आएको पहिराले बेँसीशहर-चामे सडकमा अवरुद्ध



लमजुङ । शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर-चामे सडकमा अवरुद्ध भएको छ ।

लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर-चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बेँसीशहर नगरपालिका-६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिराले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालय लमजुङका सबइन्जिनीयर सुमन अधिकारीले बताए ।

उनले भने, “तत्काल सडक खुलाउने सम्भावना छैन । यहाँनिर साँगुरो सडक छ, जमीन गलेको छ, सडक तल मस्र्याङ्दी नदीले खोतलेको छ भने माथिबाट पहिरा खस्ने गरेको छ ।’’

सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् । यसअघि पनि गत बुधबार बिहान यही स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिराले करीब २० मिटर सडक भासिएको थियो भने केही भागमा ढुङ्गामाटोले सडक ढाकेर अवरुद्ध भएको थियो ।

सडक भासिएपछि सोही भिरको कुनापट्टिको भाग खोतलेर बुधबार साँझबाट सडक पुनः सञ्चालन भए पनि सोही स्थानमा आज पुनः पहिरा खसेपछि सडक अवरुद्ध भएको हो । रासस

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : १६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा