१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु



पाल्पा । पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पाको आईशोलेसनमा कोरोना संक्रमित थप एम महिलाको मृत्यु भएको हो ।

तानसेन नगरपालिका-१४ की ४२ वर्षीय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

शुक्रबार राती ११ः४५ बजे निमोनियाको समस्या रहेकी महिलाको मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए । ‘मृतक महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा भदौ ३० गते भर्ना भएकी थिईन ।

उनको स्वाव परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । दुई दिन घरको आईशोलेसन गएर बस्दा समस्या देखिएर हिजो ९शुक्रबार० पूनः लुम्बिनी मेडिकलको आईशोलेसनमा आएको र राती नै मृत्यु भएको पन्थीले बताए ।

योसंगै कोरोनाबाट पाल्पामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : २८ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला